बैतडीका दुई स्थानीय तहका विद्यालय पुनः बन्द
बैतडी। कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन्।

जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन्।

कोरोना सङ्क्रमण फैलन नदिन यी दुवै स्थानीय तहमा लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन्।

दशरथचन्द नगरपालिकाकाले मंसिर २२ गतेसम्म लकडाउन गरेकाले विद्यालय पनि बन्द रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए। उनले भने, “दुई दिन सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन्।”

यस्तै डिलाशैनी गाउँपालिकाले पनि मंसिर २६ गतेसम्मका लागि लकडाउन गरेको छ।

जिल्लाका अन्य आठवटा  स्थानीय तहहरूमा शिक्षण सिकाइ निर्देशिका २०७७ अनुसार  विद्यालयहरू सञ्चालनमा रहेकाे शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए। उनले भने, “जोखिम कम भएका स्थानीय तहका विद्यालयमा पठनपाठन भइरहेको छ।”

बैतडीमा हालसम्म ५७० मा सङ्क्रमण देखिएको छ।  सङ्क्रमितमध्ये ६५ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड-१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४२ जना छन्।

यस्तै डिलाशैनी गाउँपालिकामा १६, पाटन नगरपालिका चार, पुर्चौंडी नगरपालिकामा दुई र दोगडाकेदार गाउँपालिकामा एकजना सक्रिय सङ्क्रमित छन्। रासस

प्रतिक्रिया दिनुहोस्