हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका-७, डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ। एक बच्चासहित सातजना घाइते भएका छन्।
सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जीप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
दुर्घटनामा परी एक महिलासहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सिमकोट गाउँपालिका-७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका-१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिए।
दुर्घटनामा परी एक वर्षको बच्चासहित सातजना घाइते भएका छन्।
घाइते हुनेमा सिमकोट-२ ठेहेका जीप चालक सिङ्गम भण्डारी, सिमकोट-६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट-८ खोल्सीका कल्पना सिंह, खोल्सीकै एक वर्षे बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका-१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह छन्।
घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ।
बेलेरो जीप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको हो। जीप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए।
राति भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताए।
अधिकांश घाइतेको छाती, टाउको र हातखुट्टामा चोट लागेको प्रहरी स्रोतले जनाएको छ। रासस
" /> हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका-७, डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ। एक बच्चासहित सातजना घाइते भएका छन्।सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जीप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

">