यस्तो छ आजको मौसम पूर्वानुमान
<p>काठमाडौं। आज देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। </p>
<p>बाँकी स्थानहरूमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। </p>
<p>विभागका अनुसार हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यून चापीय प्रणाली बनेको छ।</p>
<p>प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेकाे विभागकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
