नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन्। उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुराको जानकारी दिएको राजधानी नयाँ दिल्लीबाट प्राप्त भएको समाचारमा बताइएको छ।
प्रधानमन्त्री मोदीले भनेका छन्, “हामीलाई भारतीय वैज्ञानिकले भनेका छन्, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिडका विरुद्धको खोपको शुरुआत गर्दै छौँ।” प्रधानमन्त्री मोदीले यसका भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरूलाई जानकारी गराएका थिए।
अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरसविरुद्धको खोप दिन सकिने गरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरूले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताएका छन्।
यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरू, कोभिड-१९ का उपचारमा खटेका जनशक्ति, वृद्धवृद्धा र यसका बिरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि प्रधानमन्त्रीले दिएका छन्। प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकहरू यो खोप निर्माण गर्ने क्रममा निकै लागेको र उनीहरू यस महान् अभियानमा सफल हुने भनी निकै नै आत्मविश्वासका साथ काम गरेको बताएका छन्।
यति खेर आफूले यो खोप सस्तो मूल्यमा नै के-कसरी भारतीय नागरिकलाई उपलब्ध गराउने भन्ने विषयमा भारतका हरेक राज्यका मुख्यमन्त्रीहरूसँग कुराकानी गरिरहेको पनि प्रधानमन्त्री मोदीले बताएका छन्।
भारतका विभिन्न राजनीतिक दलहरुको भर्चुअल बैठकमा सबैभन्दा पनि भारतको विपक्षी दल भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले भारतीय नागरिकले कहिलेदेखि कोभिड-१९ को खोप पाउँछन् भनेर प्रश्न गरेका थिए।
रासस/एएनआई
" /> नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन्। उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुराको जानकारी दिएको राजधानी नयाँ दिल्लीबाट प्राप्त भएको समाचारमा बताइएको छ।प्रधानमन्त्री मोदीले भनेका छन्, “हामीलाई भारतीय वैज्ञानिकले भनेका छन्, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिडका विरुद्धको खोपको शुरुआत गर्दै छौँ।” प्रधानमन्त्री मोदीले यसका भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरूलाई जानकारी गराएका थिए।

">