रोम। इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरूको घोषणा गरिएको छ।
महत्त्वपूर्ण चाडपर्वहरू आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो। प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ वर्षलगायतका चाड पर्व र बिदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरू घोषणा गरिएको जानकारी दिएका हुन्।
नयाँ व्यवस्थाअनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका क्षेत्रमा सीमित गरिनेछ। एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उनले बताएका छन्। इटालीमा यो नयाँ व्यवस्था निर्णयमा डिसेम्बरमा हस्ताक्षर गरिएको सोहीअनुसार सुरक्षाकर्मीहरू पनि परिचालन गरिने अधिकारीहरूले जनाएका छन्।
“क्रिसमस बिदा आउँदै छ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दै छौँ, हामीले राम्रो ख्याल गरेनौं, लापरवाही गर्यौँ भने महामारी झन् फैलिन सक्छ,” प्रधानमन्त्री कोन्टेले भनेका छन्।
नयाँ प्रतिबन्धात्मक व्यवस्था यही डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागु हुने पनि उनले जानकारी दिएका छन्।
रासस/एएनआई
" /> रोम। इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरूको घोषणा गरिएको छ।महत्त्वपूर्ण चाडपर्वहरू आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो। प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ वर्षलगायतका चाड पर्व र बिदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरू घोषणा गरिएको जानकारी दिएका हुन्।

">