पत्रकारमाथि हातपात गर्ने मालपोतका कर्मचारी पक्राउ <p>दमक। पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन्।&nbsp;</p> <p>खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।&nbsp;</p> <p>प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै १० हजार घुस दिएको भिडिओ खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेका थिए।</p> <p>सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखालगायतले भर्त्सना गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका थिए। यसैगरी हिजो मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानविनका लागि विज्ञप्तिमार्फत आग्रह गरेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्