काठमाडौं। सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार मकवानपुरको गढी गाउँपालिका-६ की २५ वर्षीया मेलिना तिमिल्सिना रहेकी छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको थप उपचारका लागी मोडल अस्पताल लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका मोटरसाइकल चालक धादिङको थाक्रे गाउँपालिका-८ घर भई बिओपी सिमरा फेन्हरामा कार्यरत सशस्त्र प्रहरी जवान विश्वमणी गजुरेलको सोही अस्पतालमा उपचार भइरहेको छ।
हिजो बेलुकी साढे ७ बजे अनटेष्ट मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी फुलजोर सर्लाहीले जनाएको छ।
" /> काठमाडौं। सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार मकवानपुरको गढी गाउँपालिका-६ की २५ वर्षीया मेलिना तिमिल्सिना रहेकी छन्।

">