काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिका-१४, तल्लो रानीवासमा हिजो बेलुकी अटो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
दुर्घटनामा तीनजना घाइते भएका छन्।
मृत्यु हुनेमा अटोमा सवार तीन महिनाका भुवन कुमर रहेका छन्। उनको उपचारका क्रममा सुभस्वस्तिक अस्पताल बर्दिवासमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका अन्य तीनजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
झुगाबाट भिमानतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ ह ६८७ नम्बरको अटो हिजो बेलुकी सवा ८ बजे अनियन्त्रित भई पल्टिएको थियो। अटो चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिका-१४, तल्लो रानीवासमा हिजो बेलुकी अटो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।दुर्घटनामा तीनजना घाइते भएका छन्।

">