काठमाडौं। भ्रष्टाचारको आरोप खेपिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संकट थप गहिरिँदै गएको छ।
बुधबार इजरायली सांसदले संसद् भंग गर्ने प्रस्तावमाथि प्राथमिक मतका माध्यमबाट पारित गरिदिएपछि प्रधानमन्त्रीको संकट बढेको हो।
सांसदहरूको प्रस्ताव स्वीकृति भएकाले इजरायल दुई वर्षभन्दा कम समयमा चौथो पटक आमनिर्वाचनको सामना गर्ने अवस्थामा पुगेको छ। संसद् भंग भएसँगै नेतन्याहुको सत्ताधारी लिकुड पार्टी र बेनी गेन्तजको ब्लु एन्ड ह्वाइट पार्टीबीचको असन्तुलित गठबन्धन पनि करिब अन्त्य भएको छ।
नेसेट (इजरायली संसद्) भंग गर्ने प्रस्ताव विपक्षीले राखेका थिए। त्यसमा सत्तामा सामेल ब्लु एन्ड ह्वाइट पार्टीका सांसदले समर्थन गरेका थिए। १२० सदस्यीय सांसद्को बहुमत संसद् भंग गर्ने पक्षमा गएको थियो।
उक्त प्रस्तावलाई अब विधान समितिमा लगिने छ। फैसला आगामी सातासम्म हुने बताइएको छ। यो अवधिमा गेन्तज र नेतन्याहुबीच उत्पन्न आपसी मतभेद सुल्झाउन संवाद जारी रहने सम्भावना पनि छ।
प्रधानमन्त्री नेतन्याहुले आफ्नो राजनीतिक हित पूरा गर्न जनतालाई मूर्ख बनाउने खालको बजेट ल्याएको आरोप गेन्तजले लगाएका छन्। उनी नेतन्याहुलाई हटाएर आफू प्रधानमन्त्री बन्न चाहन्छन्।
राजनीतिक दाउपेच जसरी इजरायलमा चर्किएको छ, उसैगरी विश्व महामारी कोरोना पनि सल्किएको छ। त्यहाँ मार्चदेखि अहिलेसम्म दुई पटक राष्ट्रिय रुपमा लकडाउन गरिसकिएको छ। देशमा बेरोजगरी दर बढेर २० प्रतिशत पुगेको छ।
यति हुँदाहुँदै पनि इजरायलमा नेतन्याहु लोकप्रिय छन्। उनको लिकुड पार्टी र गेन्तजको ब्लु एन्ड ह्वाइट पार्टीबीच कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सात महिनाअघि गठबन्धन बनेको थियो। त्यस गठबन्धनले राष्ट्रिय एकतामा बल पुगेको देखिएको थियो।
३६ मन्त्री र १६ उपमन्त्रीसहित त्यहाँ देशको इतिहासमै सबैभन्दा ठूलो मन्त्रिमण्डल बनेको थियो। त्यसअघि ती दुई नेता प्रधानमन्त्री पदका लागि लड्दै आइरहेका थिए।
२०२१ को नोभेम्बरमा नेतन्याहुले प्रधानमन्त्री पद गेन्तजलाई सुम्पने सम्झौता दुई नेताबीच भएको थियो। सम्झौतापछि पनि दुई दल एकापसमा झगडा भने गर्दै आएका थिए। (एजेन्सी)
" /> काठमाडौं। भ्रष्टाचारको आरोप खेपिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संकट थप गहिरिँदै गएको छ।बुधबार इजरायली सांसदले संसद् भंग गर्ने प्रस्तावमाथि प्राथमिक मतका माध्यमबाट पारित गरिदिएपछि प्रधानमन्त्रीको संकट बढेको हो।

">