काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाको भोक्राहा नर्सिङ गाउँपालिका-८ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया रेहना खातुनको मृत्यु भएको छ। उनको दुर्घटनास्थलमै मृत्यु भएको हो।
को.२ त २०२३ नम्बरको ट्याक्टरले बालिका रेहना पछाडि सवार को.११ प १२०० नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसमेत दुईजनाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ। प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ।
यस्तै, रूपन्देहीको तिलोत्तमा नगरपालिका-१५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा ओमसतीया गाउँपालिका-१ का ३५ वर्षीय कमलप्रकाश कार्कीको मृत्यु भएको छ।
उनी सवार लु. ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना भएको थियो। क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा उनो मृत्यु भएको प्रहरीले बताएको छ।
रूपन्देहीमै बुटवल उपमहानगरपालिका-६ मा ना.७ ख १३३९ नम्बरको लहरीले लु. ४९ प २५२ नम्बरको स्कुटरलाई हिजो दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका-८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। लहरी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच महोत्तरीको गौशाला नगरपालिका४ सुर्तीविकास चोकमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय अम्मरबहादुर बाचेको घटनास्थलमै मृत्य भएको छ।
उनी सवार प्रदेश २-०२-००२ प ९३५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा सोही नगरपालिका-८ को ठूलो कुसमाडीका अम्मरको मृत्यु भएको हो।
" /> काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाको भोक्राहा नर्सिङ गाउँपालिका-८ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया रेहना खातुनको मृत्यु भएको छ। उनको दुर्घटनास्थलमै मृत्यु भएको हो।

">