करेन्ट लागेर युवकको मृत्यु <p>काठमाडौं। पर्साको बहादुरमाई नगरपालिका-६ गमरीयाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।&nbsp;२५ वर्षीय दिनेश साहको करेन्ट लागेर बुधबार बेलुका मृत्यु भएको हो।</p> <p>मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको हो।&nbsp;करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि तराई अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्