सवारी दुर्घटनामा चार जना घाइते
काठमाडौं। देशका विभिन्न स्थानमा हिजो भएका छुट्टाछुट्टै सवारी दूर्घटनामा चार जना घाइते भएका छन्।

बारा, पर्सा र ललितपुरमा भएका सवारी दुर्घटनामा चार जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

बाराको कलैया उपमहानगरपालिका–६ हनुमान मन्दिर नजिक हिजो बेलुकी ७ बजे ग ३ च १९८ नम्बरको स्र्कोपियो गाडीको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्।

सवारीको ठक्करबाट घाइते भएका पैदलयात्री स्थानीय ३६ वर्षीय जितेन्द्र साहको वीरगञ्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। सवारी चालक फरार भएकोले खोजी भइरहेको अस्थाइ प्रहरी पोष्ट बसपार्कले जनाएको छ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–३२ मा हिजो मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। पर्सा जिल्ला पटेर्वा सुगौली नगरपालिका–५ का अभीमन्यु यादव र पर्साकै बहदुरमाई नगरपालिका–३ का १८ वर्षिय शुसान्त शाह घाइते भएका हुन।

शुसान्तको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बिरगंज हेल्थ केयरमा घाइते दुवैको उपचार भइरहेको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै ललितपुरको बालकुमारी चोकमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री २४ वर्षकी युवती घाइते भएकी छिन्। घाइते भएकी पर्वत घर भई ललितपुरको च्यासल बस्ने अनु उपाध्यायको ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ।

उनलाई ठक्कर दिने मोटरसाइकलको नम्बर खुल्न सकेको छैन। प्रहरीले मोटरसाइकल र त्यसका चालकको खोजी भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्