सिन्धुलीमा बोलेरो दूर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं। सिन्धुलीको दुधौली नगरपालिका–१४ जामुनेमा हिजो साँझ बोलेरो गाडी दूर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

दूर्घटनामा परेको सवारीका चालक पनि घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा उक्त बोलेरो गाडीमा सवार सोही ठाउँका २१ वर्षीय रुद्रबहादुर राउत रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ।

दूर्घटनामा गम्भीर घाइते भएका सेतीटारका २० वर्षीय रविन खत्रीको कटारी अस्पतालमा उपचार भइरहेको छ।

जामुनेबाट सेतीटारतर्फ जाँदै गरेको को १ च ६०९० नम्बरको गाडी अनियन्त्रित भएर हिजो साँझ साढे ६ बजे सडकबाबट करिब ३० मीटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्