बस र स्कोर्पियो आपसमा ठोक्किँदा एकको मृत्यु <p>कठमाडौं। सर्लाहीको ईश्वरपुर नगरपालिका&ndash;२ बाँके चोकमा हिजो बेलुकी बस र स्र्कोपियो आपसमा ठोक्किँदा स्र्कोपियो चालकको मृत्यु भएको छ।&nbsp;</p> <p>मृतक चालकको पहिचान खुलिसकेको छैन। उनी अन्दाजी ३५ वर्षका पुरुष रहेको ट्राफिक प्रहरीले जनाएको छ। दूर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।&nbsp;</p> <p>हिजो बेलुकी ८ बजे पूर्वपश्चिम लोकमार्गमा विपरित दिशाबाट आउँदै गरेका प्रदेश २&ndash;०२&ndash;००१ च ३१९ नम्बरको स्कोर्पियो र ना ४ ख २७९६ नम्बरको बस आपसमा ठोक्किदा उक्त दूर्घटना भएको थियो।&nbsp;</p> <p>दूर्घटनामा संलग्न बस चालक फरार रहेकाले खोजतलास भइरहेको सर्लाही प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्