काठमाडौं । बालबालिकाको यौनाङ्गहरू छुनेसँगै चलाउने, सुम्सुम्याउने, चुम्बन गर्ने, मुसार्ने लगायत कार्य बाल यौन दुराचार हो।
मुलुकी अपराध संहिता-२०७४ अनुसार बालबालिकाहरूमाथि हुने यो गम्भीर प्रकृतिको यौनजन्य अपराध हो। जो दण्डनीय हुन्छ।
तैपनि, नेपालमा बाल यौन दुराचारसँग सम्बन्धी घटनाको चित्र कहालीलाग्दो छ। जुन आपराधिक घटनामा विदेशीहरूको संलग्नता बढ्दो छ।
मंगलबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी फ्रेन्च नागरिक ६० वर्षीय सर्ज हेनरी नौगरेटलाई पक्राउ गर्यो।
पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी तीनजना नाबालकलाई बाल यौन दुराचार र शोषण गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
कम्प्युटर इन्जिनियर उनले ती बालकहरूमाथि अप्राकृतिक मैथुन गरेको पनि प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। त्यसैले उनीमाथि यौन दुराचार तथा अप्राकृतिक मैथुन गरेको कसूरमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।
बाल यौन दुराचारसम्बन्धी सार्वजनिक भएको यो पछिल्लो घटना हो। यसअघि यस्ता घटनाहरू पटकपटक घटेका छन्। र, विदेशी नागरिकहरू समातिएका छन्।
समातिएकामध्ये कोही दोषी ठहरिएर कारागार चलान समेत भएका छन् भने कोही कैद भुक्तान गरेर रिहा भएका छन्।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सात वटा बाल यौन दुराचारका घटना विदेशी नागरिकबाट भयो। त्यसपछि आर्थिक वर्ष २०७६/०७७ मा पाँच वटा भयो। चालु आर्थिक वर्ष २०७७/०७८ मा एक घटना बाहिर आएको छ।
यसरी पछिल्लो दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी विदेशी नागरिकहरूबाट कूल १४ वटा बाल यौन दुराचारका घटना भए। ती घटनाहरू १३ जना पुरूष र एक जना महिलाबाट भएका हुन्। उनीहरू देशका विभिन्न स्थानबाट पक्राउ परिसकेका छन्।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर पछिल्लो आर्थिक वर्षमा विदेशी नागरिकहरूबाट अप्राकृतिक मैथुनका घटनाहरू पनि भएको बताउँछन्। उनले त्यस्तो घटना तीनवटा भएको बताए।
घटनामा संलग्नहरूमाथि अनुसन्धान गर्दा नेपाल प्रहरीले सातदेखि बढीमा १४/१५ वर्षसम्मका बालबालिकामाथि यौन दुराचार हुने गरेको तथ्य बाहिर ल्याएको छ।
पोखरामै भएको हालैको घटनामा पनि सात वर्षदेखि १२ वर्ष उमेरसम्मका तीन जना बालक पीडित देखिए। उनीहरूलाई उद्दार गरी प्रहरीले अभिभावकको जिम्मा लगाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रहरी उपरीक्षक तथा प्रवक्ता बेलबहादुर पाण्डे उद्धार गरिएका बालकहरू आर्थिक अवस्था कमजोर भएका परिवारमा हुर्किएको पाइएको बताउँछन्।
अधिकांश यौन दुराचारीहरूले अभिभावकलाई आर्थिक सहयोग गर्ने, रोजगारीको आश्वासन दिने, बालबालिकालाई पढाइ खर्च उपलब्ध गराउनेदेखि महङ्गा उपहार (कपडा) किनी दिएर आफूहरूसँग नजिक्याउने देखिएको एसपी पाण्डेको भनाइ छ।
अनुसन्धानको क्रममा कतिपयले भने बच्चालाई केअर गरे जस्तो गरिदिने, खानेकुरा खान दिने, घुमाउन लाने जस्तो गरी नजानिँदो पाराले बालबालिकाहरूलाई आफूतर्फ प्रभावित पार्ने गरेको देखिएको पनि उनी बताउँछन्। त्यसपछि भने यौन दुराचारदेखि अप्राकृतिक मैथुन गर्नेसम्मका अपराधमा उनीहरू सक्रिय हुन्छन्।
“वयश्क उमेर समूहकालाई उनीहरूको टार्गेट हुँदैन, हुने भनेकै ७/८ वर्षदेखि १३/१४ उमेर समूहकामै हुने हो” एसपी पाण्डेले देखापढीसँग भने, “टार्गेट गरेका बालकहरू भेटिएपछि उनीहरू र उनीहरूका अभिभावकलाई अनेक गरेर प्रभावित पार्ने र लगेर आफूहरूसँग राख्दै यौन दुराचार गर्ने, अप्राकृतिक मैथुन गर्ने देखियो, पोखराको घटना पनि त्यस्तै देखियो।”
नेपालमा विदेशी बाल यौन दुराचारीहरू समाजसेवीको छद्म भेषमा आउने गरेको विगतका तथ्यहरूले देखाउँछ। आएपछि बाल गृहमा स्वयंसेवकको रूपमा उनीहरू रहने गरिएको पनि देखिएको छ।
र, त्यसपछि भने उनीहरूबाट बाल यौन दुराचार जस्तो अपराधका घटना हुने गरेको देखिन्छ। मुख्यतः बाल यौन दुराचारको सिकार बालकहरू पर्ने गरेका छन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेल बाल गृहको अनुगमनलाई कडाइ गर्न थालिएको बताउँछन्। यससँगै विदेशी स्वयंसेवकहरूलाई बिनाअनुमति बाल गृहमा स्वयंसेवक राख्न नपाइने नियमलाई लागू गरेको उनले बताए।
उनका अनुसार बाल यौन दुराचारमा संलग्न विदेशी नागरिकहरूको फाइल हेर्दा बाल गृहमा स्वयंसेवकको नाममा आउने अनि, भएका बालबालिकाहरूलाई यौन दुराचार गर्ने समस्या देखिएको अनुभवहरूको आधारमा उक्त नियम लागू गरिएको हो।
बाल यौन दुराचारको घटनामा संलग्नहरू हेर्दा धेरैजसो युरोपियन मुलुकहरू फ्रान्स, जर्मनी, अस्ट्रिया, क्यानाडा, नेदरल्याण्ड्स लगायत देशका छन्। अमेरिकन नागरिकहरू पनि त्यस्ता घटनामा पटकपटक पक्राउ परेको देखिएको छ।
फेरि, अपराधमा संलग्न उनीहरूमध्ये अधिकांश ६० वर्षमाथिका देखिएको सीआईबीका प्रवक्ता पाण्डेले बताए। उनीहरूको आगमन बस्न मिल्ने खालको “नन-भिजिट” भिसामा हुने गरेको देखिएको पनि उनले जानकारी दिए।
यस्ता खालका अपराध विदेशी नागरिकहरूबाट हुने क्रम बढ्दै जानुको पछाडि नेपाली बालबालिका र उनीहरूका अभिभावकहरूले विकसित मुलुकबाट आएका मानिसहरूलाई सहजै विश्वास गर्ने प्रवृत्ति कारक रहेको कार्यकारी निर्देशक धरेल बताउँछन्।
फेरि, नेपालमा अन्य मुलुकमा भन्दा जीवनयापन गर्न सस्तो पर्ने, बाल यौन दुराचारको घटना नेपालका प्रहरी प्रशासनलाई थाहा पाउन मुस्किल पर्ने, पक्राउ परे पनि अन्यन्त्र भन्दा कम कैद र सजाय रहेको बताइन्छ।
अर्कातिर, नेपालको अध्यागमन विभागले कुनै पनि विदेशी नागरिकलाई प्रवेश भिसा दिँदा सम्बन्धित देशको प्रहरी निकायको अभिलेखमा भएको मानिस हो कि होइन ? त्यसबारे सोधखोज नगर्नुलाई पनि अर्को कारण मानिएको छ।
यसले गर्दा पनि अपराधका लागि विदेशीहरू नेपाल आउने गरेको देखिएको नेपाल प्रहरीका एकजना निवृत्त वरिष्ठ अधिकृतले बताए।
मुलुकी अपराध संहिता-२०७४ को दफा २२५ मा 'बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने' प्रावधान रहेको छ।
यसका अतिरिक्त कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा समेत यौन दुराचार मानिने संहितामा उल्लेख छ।
बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। बालबालिकालाई अप्राकृतिक मैथुन गरे पीडित बालकको उमेरका हिसाबले १० वर्षदेखि २० वर्षसम्म जेल सजाय हुने प्रावधान छ।
र, कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइ दिनुपर्ने व्यवस्था समेत गरेको छ।
हालै सरकारले ल्याएको अध्यादेशमार्फत यौन दुराचार सम्बन्धी अपराधलाई बलात्कारको रूपमा परिभाषित गरेको छ।
बाल यौन दुराचारीहरू विदेशी नागरिक मात्रै छैनन्। स्वदेशी पनि छन्।
यसले गर्दा बाल यौन दुराचारदेखि अप्राकृतिक मैथुनको सिकार हुनबाट जोगिन र जोगाउन भन्दै सचेतनामूलक सन्देशहरू सञ्चारमाध्यमबाट गत वर्ष प्रसारण÷प्रकाशन गरिएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक धरेलले बताए।
यस वर्ष पनि त्यस्ता खालका कार्यक्रम रहेको उनको भनाइ छ।
यस्ता घटनाबाट आफ्ना बालबालिकालाई जोगाउन अभिभावकले बालबालिकासँग नियमित सम्वाद गर्नुपर्ने, उनीहरूको समस्यादेखि उनीहरूको हेलमेलबारे थाहा पाउने र 'गोरो छाला भएको मान्छे देख्ने बित्तिकै भगवान ठानेर' विश्वास गर्न नहुने बरु शंकाको दृष्टिले हेरिनु पर्ने धरेलको सुझाव छ।
हालसम्म पीडित भएका बालबालिकाहरूलाई हेर्दा सडकमा रहेका र पर्यटन क्षेत्रका गरिब परिवारका बालबालिकाहरू विदेशी नागरिकहरूबाट बाल यौन दुराचारको शिकार बन्ने गरेको छन्।
यस्ता अपराधका घटनाबाट पीडित बालबालिकाहरू घटनाको दोषी आफूलाई मान्दै पछुतो मान्ने, लज्जित हुने, डर र भय मान्ने, दोधारमा पर्ने, एक्लै बस्ने, छटपटी हुने जस्ता मानसिक समस्याबाट पीडित हुने गरेको देखिएको पनि धरेलले बताए।
" /> काठमाडौं । बालबालिकाको यौनाङ्गहरू छुनेसँगै चलाउने, सुम्सुम्याउने, चुम्बन गर्ने, मुसार्ने लगायत कार्य बाल यौन दुराचार हो।मुलुकी अपराध संहिता-२०७४ अनुसार बालबालिकाहरूमाथि हुने यो गम्भीर प्रकृतिको यौनजन्य अपराध हो। जो दण्डनीय हुन्छ।

">