सुदूरपश्चिम। धनगढी-डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार गाडी गएराति दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन्।
बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र ०१००१ज १२५४ नम्बरको उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका-६ की २० वर्षीया डम्मरा लुहार घाइते भएको प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिए।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ। रासस
" /> सुदूरपश्चिम। धनगढी-डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार गाडी गएराति दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन्।बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र ०१००१ज १२५४ नम्बरको उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

">