काठमाडौँ। नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले तीन जना महिलालाई दक्षिण अफ्रिकामा बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ घर भएका ४३ वर्षीय गणेशकुमार लोवालाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ परेका लोवाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ।
ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अरूणकुमार द्विवेदीले २०७५ जेठ १९ गते लोवाले आफूहरूलाई बेचबिखन गरेको भन्दै पीडित महिलाहरूबाट जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा प्रहरीले लोवालाई पक्राउ गरेको हो।
महिलाहरूले २०७४ सालमा आकर्षक तलब दिलाइ दिने प्रलोभन देखाएर गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारत, हुँदै खाडी मुलुकहरू दुबई, कतारदेखि दक्षिण अफ्रिका पुर्याएको उजुरीमा उल्लेख गरेको ब्यूरोका प्रवक्ता द्विवेदीले बताए। त्यहाँ आफूहरूलाई लोवाले बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गराएको उजुरीमा रहेको द्विवेदीको भनाइ छ।
पीडित महिलाकाहरू अनुसार उनीहरू दक्षिण अफ्रिकामा चार/पाँच महिना बन्धक परे पनि कोही नभएको मौकामा भागेर नेपाली राजदूतावास पुग्न सफल भइन्। त्यसपछि दूतावासको समन्वयमा आफन्तहरूसँग सम्पर्क गरी उनीहरू नेपाल आएकी हुन्।
" /> काठमाडौँ। नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले तीन जना महिलालाई दक्षिण अफ्रिकामा बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ घर भएका ४३ वर्षीय गणेशकुमार लोवालाई प्रहरीले पक्राउ गरेको हो।

">