काठमाडौँ। १२ वर्षपछि प्रहरीले ज्यान मार्ने उद्योग गरेको आरोप लागेका एकजना युवकलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१० बस्ने सिन्धुपाल्चोकको बाँसबारी-६ घर भएका ३१ वर्षीय अम्बिर लामालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं बस्दै आएका काभ्रेपलाञ्चोक शिखर अम्बोटे घर भएका १९ वर्षीय युवकलाई काठमाडौं महानगरपालिका-१० मा २०६५ पुस २४ गते खुकुरी प्रहार गरी घाइते बनाएपछि उनी पनि फरार भएका थिए।
फरार रहेका व्यक्तिहरूमध्येका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो।
उनी उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
" /> काठमाडौँ। १२ वर्षपछि प्रहरीले ज्यान मार्ने उद्योग गरेको आरोप लागेका एकजना युवकलाई पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका-१० बस्ने सिन्धुपाल्चोकको बाँसबारी-६ घर भएका ३१ वर्षीय अम्बिर लामालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

">