वासिङ्टन। अमेरिकी महान्यायाधिवक्ता बिल बारले राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने रिपब्लिकन पार्टीको दाबीलाई अस्वीकार गरेका छन्। राष्ट्रपति ट्रम्पका अति निकट ठानिएका महान्यायाधिवक्ता बारको उक्त भनाइ सार्वजनिक भएसँगै राष्ट्रपतीय निर्वाचन परिणाम उल्ट्याउने योजना लगभग समाप्त भएको छ।
महान्यायाधिवक्ता बारको टिप्पणीले अमेरिकी गृह मन्त्रालय, अमेरिकी गुप्तचर निकाय तथा स्वतन्त्र चुनावी पर्यवेक्षकले यसअघि नै सार्वजनिक गरेका विवरणलाई सही ठहर्याएको छ। यसअघि नै ती निकायले सन् २०२० को राष्ट्रपति निर्वाचन अमेरिकी इतिहासमै सर्वाधिक सुरक्षित रहेको भन्दै चुनावमा धाँधली नभएको बताएका थिए।
एसोसिएटेड प्रेससँग कुरा गर्दै महान्यायाधिवक्ता बारले “अहिलेको मितिसम्म हामीले चुनावी परिणामलाई नै असर पार्ने किसिमले चुनावमा धाँधली भएको कुनै प्रमाण भेटका छैनौं” भनेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि मिचिगन, पेन्सिल्भेनिया र जर्जियाजस्ता राज्यमा व्यापक धाँधली भएको आरोप लगाउँदै लगातार ट्वीट र अन्तर्वार्ता दिइरहेका छन्। तर उनको दाबीमा कुनै ठोस प्रमाण भेटिएका छैनन्।
मंगलबार बिहान पनि राष्ट्रपति ट्रम्पको ट्वीटमार्फत् मिचिगनको चुनावी नतिजाका बारेमा सार्वजनिक सुनुवाइ गर्न आफू तयार रहेको बताएका थिए। यस राज्यले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन विजयी भएको भन्दै प्रमाणपत्र दिइसकेको छ।
राष्ट्रपति ट्रम्पका तर्फबाट दायर भएका निवेदनहरूलाई राज्यका सर्वोच्च अदालतले पर्याप्त प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन्।
औपचारिक मतगणनामा ट्रम्पको भन्दा बाइडेनले ६२ लाख बढी मत प्राप्त गरेका छन्। बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २३२ इलेक्टोरल मत मात्र पाएका छन्। अमेरिकी राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ। आगामी डिसेम्बर १४ मा हुने इलेक्टोरल कलेज भेलाले औपचारिक रूपमा राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नेछ।
महान्यायाधिवक्ता बारले सार्वजनिक गरेको धारणाप्रति राष्ट्रपति ट्रम्पले तत्कालै कुनै प्रतिक्रिया जनाएका छैनन्। तर ट्रम्पका कानुनी सल्लाहकार रुडी जिलियानी र जेन्ना एलिसले संयुक्त वक्तव्य जारी गरी महान्यायाधिवक्ता बारको भनाइलाई खारेज गरेका छन्। वक्तव्यमा उनीहरूले कम्तीमा ६ वटा राज्यमा चुनावमा व्यापक धाँधली भएका पर्याप्त र ठोस प्रमाणहरू आफूहरूसँग रहेको दाबी गरेका छन्।
पछिल्ला केही दिनदेखि महान्यायाधिवक्ता बारले चुनावी परिणामलाई लिएर आफ्नो पक्षमा राय नदिएको भन्दै राष्ट्रपति ट्रम्प बारप्रति बेखुशी भएको समाचार आएका छन्।
रासस/एएफपी
" /> वासिङ्टन। अमेरिकी महान्यायाधिवक्ता बिल बारले राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने रिपब्लिकन पार्टीको दाबीलाई अस्वीकार गरेका छन्। राष्ट्रपति ट्रम्पका अति निकट ठानिएका महान्यायाधिवक्ता बारको उक्त भनाइ सार्वजनिक भएसँगै राष्ट्रपतीय निर्वाचन परिणाम उल्ट्याउने योजना लगभग समाप्त भएको छ।महान्यायाधिवक्ता बारको टिप्पणीले अमेरिकी गृह मन्त्रालय, अमेरिकी गुप्तचर निकाय तथा स्वतन्त्र चुनावी पर्यवेक्षकले यसअघि नै सार्वजनिक गरेका विवरणलाई सही ठहर्याएको छ। यसअघि नै ती निकायले सन् २०२० को राष्ट्रपति निर्वाचन अमेरिकी इतिहासमै सर्वाधिक सुरक्षित रहेको भन्दै चुनावमा धाँधली नभएको बताएका थिए।

">