काठमाडौं। मोरङमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बा ३४ प २८१० नम्बरको मोटरसाइकल चालक ३५ वर्षीय विजय गौतम रहेका छन्। उनी भोजपुरको दिङलाका हुन्।
रतुवामाई नगरपालिका–९ इटहरा चोकमा उनी सवार मोटरसाइकल र मे ९ प १७२३ नम्बरको मोटरसाइकल एकआपसमा मंगलबार साँझ ठोक्किन पुगेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
" /> काठमाडौं। मोरङमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बा ३४ प २८१० नम्बरको मोटरसाइकल चालक ३५ वर्षीय विजय गौतम रहेका छन्। उनी भोजपुरको दिङलाका हुन्।

">