फर्पिङ बसपार्कबाट लागुऔषधसहित एकजना पक्राउ <p>काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका&ndash;५ स्थित फर्पिङ बसपार्कबाट एक जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।</p> <p>भक्तपुर बोडे डेरा गरी बस्ने बाराको बसन्तपुर गाउँपालिका&ndash;१ घर भएका ३४ वर्षीय आश्वान ठाकुर हाजमलाई प्रहरीले पक्राउ गरेको हो।</p> <p>उनको साथबाट&nbsp;प्रहरीले लागुऔषध ९८ एम्पुल डाइजेपाम र ९९ एम्पुल नुर्फिन बरामद गरेको छ।</p> <p>इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागुऔषध मंगलबार राति फेला पारी पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्