गोरुसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित बाबाको ढावा होटलअगाडि मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">प्रदेश २–०३–००३ प ७२६१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३५ वर्षीय समीरराज कर्णको मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">गोरुसँग ठोक्किएर मोटरसाइकल मंगलबार साँझ दुर्घटना भएको हो।</p>
<p style="text-align: justify;">दुर्घटनामा परी चालक कर्ण गम्भीर घाइते भएका थिए। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। उनी जनकपुर उपमहानगरपालिका–१६ का हुन्।</p>