काठमाडौँ। बारामा अवैध रूपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ।
निजगढ नगरपालिका–१२ लालटोलस्थित करिब तीन बिगाहा जग्गामा किसानले लगाएको गाँजा खेती मंगलबार बिहान नष्ट गरेको हो।
ती वडाको विभिन्न स्थानमा मकैसँगै गाँजा खेती गरेको पाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले मकैबारीमा लगाएको गाँजा खेती फडानी गरी नष्ट गरेको हो।
बाराको विभिन्न क्षेत्रमा किसानहरूले गाँजा खेती गर्दै आएका छन्। प्रहरीले किसानले गरेको गाँजा खेती बर्सेनी नष्ट गर्दै आएको छ।
नेपालमा गाँजा खेतीदेखि सेवन गर्न कानुनी रूपमा प्रतिबन्ध छ।
" /> काठमाडौँ। बारामा अवैध रूपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ।निजगढ नगरपालिका–१२ लालटोलस्थित करिब तीन बिगाहा जग्गामा किसानले लगाएको गाँजा खेती मंगलबार बिहान नष्ट गरेको हो।

">