काठमाडौं। ट्राफिक प्रहरी महाशाखाले हिजोदेखि ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरूलाई अनलाइनमार्फत सचेतना कक्षा दिन सुरू गरेको छ।
लकडाउनअघि ट्राफिक कारवाहीमा परेका चालकहरू स्वयं ट्राफिक प्रहरी महाशाखामै गएर ट्राफिक कक्षामा सहभागी हुनुपर्ने व्यवस्था थियो। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी महाशाखाले प्रविधिको प्रयोग गरेर सचेतना कक्षालाई निरन्तरता दिएको हो।
“लामो समयको लकडाउनपश्चात् पनि कोरोना संक्रमणको जोखिम यथावत नै रहेकोले ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरिएको हो,” महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने।
रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो काट्ने बानीले दुर्घटना बढाएकोले यस्तो प्रबृत्तिलाई निरुत्साहित गरी ट्राफिक लाइटको पूर्णपालना गराउन ट्राफिक कक्षा लिने व्यवस्था गरेको उनले स्पष्ट पारे।
ट्राफिक सचेतना कक्षा कोरोना महामारीको जोखिमका कारण लामो समयदेखि बन्द थियो। सचेतना कक्षा सम्बन्धी दैनिक तालिका तथा कक्षाको लिङ्क समेत महाशाखाको अफिसियल फेसबुक पेजमा प्रकाशित गरिने जनाइएको छ।
एक घण्टाको सचेतना कक्षामा समावेश हुन सम्बन्धित चालकले ट्राफिक प्रहरीले दिएको चिटको नम्बर प्रयोग गरि रजिष्ट्रेशन गर्नुपर्ने हुन्छ। कक्षा संचालन मध्यान्ह १२ बजे देखि दिउँसो १ बजे सम्म, साढे १ देखि साढे २ बजे सम्म र ३ बजे देखि अपरान्ह ४ बजे सम्म हुनेछन्।
" /> काठमाडौं। ट्राफिक प्रहरी महाशाखाले हिजोदेखि ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरूलाई अनलाइनमार्फत सचेतना कक्षा दिन सुरू गरेको छ।लकडाउनअघि ट्राफिक कारवाहीमा परेका चालकहरू स्वयं ट्राफिक प्रहरी महाशाखामै गएर ट्राफिक कक्षामा सहभागी हुनुपर्ने व्यवस्था थियो। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी महाशाखाले प्रविधिको प्रयोग गरेर सचेतना कक्षालाई निरन्तरता दिएको हो।

">