काठमाडौं। पाँचथरको सदरमुकाम फिदिमस्थित सडक विभाग छेउमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्।
पाँचथरका प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाका अनुसार फिदिम नगरपालिका-१ का २० वर्षीय अर्जुन शंकरको दुर्घटनामा मृत्यु भएको छ।
झापा बिर्तामोडका अर्जुन मगर र चालक धरानका पार्वत गुरूङ गम्भीर घाइते भएका छन्।
फिदिमदेखि जोरसालतर्फ जाँदै गरेको बा. १९ च ५७३६ नम्बरको पिकअप हिजो राति ८ बजे दुर्घटना भएको हो।
तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
" /> काठमाडौं। पाँचथरको सदरमुकाम फिदिमस्थित सडक विभाग छेउमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्।पाँचथरका प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाका अनुसार फिदिम नगरपालिका-१ का २० वर्षीय अर्जुन शंकरको दुर्घटनामा मृत्यु भएको छ।

">