आगोले जलेर वृद्धाको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। अर्घाखाँचीमा एक जना वृद्धाको आगो ताप्नेक्रममा जलेर मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मृत्यु हुनेमा पाणिनी गाउँपालिका-२ आप्राकी ७० वर्षीया पुतली नेपाली रहेकी छिन्।</p>
<p style="text-align: justify;">आफ्नै घरमा आगो ताप्नेक्रममा आगोले जलेर मंगलबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>