काठमाडौं। देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।
झापाको दमक नगरपालिका-४ ताराबारीमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय जेनिश धिमालको मृत्यु भएको छ।
मे १ त ६१९६ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो।
उनलाई सोमबार दिउँसो ट्याक्टरले ठक्कर दिएको थियो। ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो नै महोत्तरीको रामगोपालपुर नगरपालिका-९ गोठ-बनौली भित्री सडकमा गोरू गाडाले किच्दा अन्दाजी तीन वर्षीय आयुष यादवको मृत्यु भएको छ।
बाटोमा खेलिरहेका उनलाई गोरू गाडाले किचेको थियो। उनको उपचारका लागि जिल्ला अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
प्रहरीले गोरू गाडा र गाडा चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
मोरङको विराटनगर महानगरपालिका-९ बुद्धचोकमा मोटरसाइकलबाट लडेर ६० वर्षीया मनकामना झाको सोमबार दिउँसो मृत्यु भएको छ।
बिरामी भएकी झालाई उनकै छोराले को १२ प ३५६ नम्बरको मोटरसाइकलमा राखी अस्पतालतर्फ लैजाने क्रममा उनी मोटरसाइकलबाट लडेकी थिइन्।
उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, रोल्पाको सुनछहारी गाउँपालिका-५ पोवाङमा रा १ त ३०८२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी २०० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ।
मृत्यु हुने चालक त्रिवेणी गाउँपालिका-७ का २४ वर्षीय टेकबहादुर विक रहेका छन्।
नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१० नदुवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय सीताराम गुप्ताको सोमबार दिउँसो मृत्यु भएको छ।
लु ४३ प २८८५ नम्बरको मोटरसाइलकको ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो।
" /> काठमाडौं। देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।झापाको दमक नगरपालिका-४ ताराबारीमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय जेनिश धिमालको मृत्यु भएको छ।

">