काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ-उनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन्।
जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन्।
ह्यारी काजियानियासले लेखेको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ट सरकारी अधिकारीहरू र उनका परिवारका सदस्यहरूले एक/दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको उल्लेख गरेका छन्।
काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेशनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ट निर्देशक हुन्।
लेखमा दुई अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरिएको छ। तर, चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन।
चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा छन्। तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ। तर, खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निर्क्यौल हुन सकेको छैन।
उत्तर कोरियामा हालसम्म कोरोना भाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन। तर, गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाई गरिएको छ।
रासस-योनहाप
" /> काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ-उनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन्।जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन्।

">