काठमाडौं। अमेरिका र चीनबीचको सम्बन्धबारे दुनियाँ भलिभाँती परिचित छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकालमा यी दुई महाशक्तिबीचको टक्कर झनै उत्कर्षमा पुग्यो। अमेरिकाले दर्जनौं चिनियाँ इलेक्ट्रोनिक सामग्रीमाथि प्रतिबन्ध लगायो। साथै, अन्य सामग्रीमा समेत भन्सार ह्वात्तै बढाइदियो।
अघोषित ढंगमा अमेरिकाले चीनसँग व्यापारयुद्ध लड्यो। आफ्ना नागरिकलाई चिनियाँ सामान प्रयोग नगर्न अप्रत्यक्ष आदेश दियो। यसले चीनको अर्थव्यवस्थामा धक्का पर्ने नै भयो। चीनको अर्थतन्त्र निर्यातमुखी छ र बढी भर अमेरिकासँग नै परेको छ।
गत नोभेम्बर ३ का दिन अमेरिकामा राष्ट्रपतिको निर्वाचन सम्पन्न भयो। चुनावले राष्ट्रपति ट्रम्पको कार्यशैली अस्वीकार गरिदियो र ह्वाइट हाउसको जिम्मा दिन चाह्यो- डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई। अब प्रश्न, आशंका र अनुमान गर्न थालिएको छ- के बाइडेनको पालामा अमेरिका र चीनबीचको सम्बन्ध सुमधुर बन्ला?
विश्वका कतिपय देश अमेरिकाको निर्वाचनमा विभाजित बन्न पुगे। कोहीलाई मौजुदा रिपब्लिकन पार्टीका ट्रम्प नै ठीक लाग्यो त कतिपयलाई डेमाक्रेटिकको पक्षमा बोले। हाम्रो दक्षिणी छिमेकी भारतको सत्ताले स्पष्ट रूपमै ट्रम्पप्रति रूचि देखायो। चीनले भने आफूलाई कतै ढल्केको देखाएन। तर पनि उसलाई ट्रम्प मन पर्ने कुरै भएन।
आगामी जनवरी २० तारिखका दिन ह्वाइट हाउस प्रवेश गर्दैछन् विजेता बाइडेन। चीन उनको कार्यशैली र व्यवहारको प्रतीक्षा गरेर बसिरहेको छ। यही समय कतिपय थिंक ट्यांकहरू बाइडेनको कार्यकालमा अमेरिका र चीनको सम्बन्धमा कुनै सुधार नआउने बताउन थालेका छन्।
ट्रम्पले जस्तै बाइडेनले पनि चीनप्रति कडा व्यवहार नै गर्न सक्ने चीनको सेन्ट्रल बैंकका पूर्वसल्लाहकार तथा वर्तमानमा सिंगुवा युनिभर्सिटीका प्रोफेस डेभिड ली डोकुईले एक अन्तर्वार्तामा बताएका छन्। बाइडेनले अमेरिकामा लागू गर्न सक्ने कतिपय नीति चीनका निम्ति खतरनाक हुने अनुमान गरेका छन्। यस्ता नीतिले चिनियाँ उद्योग र उत्पादनमा सीधै नोक्सान पार्ने उनको बुझाइ छ।
डोकुईले भने, ‘‘आगामी वर्ष चिनियाँ विदेश नीति, उद्योग तथा कम्पनीहरूका लागि चुनौतीपूर्ण रहने छ। तर, खुसीको कुराचाहिँ के छ भने, ट्रम्प प्रशासनको तुलनामा बाइडेनसँग संवाद गर्न भने सहज हुने छ।’’
उनका अनुसार ट्रम्प युग अहिले नै अन्त्य भएको छैन। उनी २०२४ मा पुनः राष्ट्रपति बन्न प्रयास गर्न सक्ने छन्। डोकुईले चीनलाई बाइडेन प्रशासनसँग आफ्नो सम्बन्ध कुशल बनाउन सकिने भ्रममा नबस्न अनुरोध पनि गरे। उनले थपे, ‘‘वासिङ्टनसँग कडा ढंगमा पेश हुनका लागि आफैंलाई तयार पार्नुपर्छ।’’
चीनको सेन्जेन प्रान्तका उन्नत वैश्विक तथा समकालीन चीन अध्ययन संस्थानका डिन ढेङ योङनियानको मतमा अमेरिका र चीनबीचको असल सम्बन्ध हुने दिन अब बाँकी छैन। चीन र अमेरिकाबीचको सम्बन्ध चिसिएको हालैका दिनमा नभई वर्षौंदेखि शीतयुद्ध चलिरहेको उनको भनाइ छ। तर पनि अमेरिकासँग सम्बन्ध सुधार्न पहल गर्न भने छाड्न नहुने योङनियान बताउँछन्।
(एजेन्सीहरूको सहयोगमा)