चक्कु प्रहार गरी युवकको हत्या
<p style="text-align: justify;">काठमाडौं। रौतहटमा एक युवकको हत्या भएको छ। वृन्दावन नगरपालिका-३ का १८ वर्षीय नन्दकिशोर रामको गएराति हत्या भएको हो।</p>
<p style="text-align: justify;">उनलाई छिमेकी १९ वर्षीय रवि रामले सामान्य विवादमा चक्कु प्रहार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए। </p>
<p style="text-align: justify;">प्रहरीले रविलाई नियन्त्रणमा लिएको छ। उनीविरुद्ध प्रहरीले मंगलबार कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धानको लागि म्याद थप अनुमति लिने तयारी गरेको छ।<br />
</p>