काठमाडौं । प्रहरी कर्मचारीलाई संघीय प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने कामले गति लिएको छ।
मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको दरबन्दी थप समेत गरिएको संगठन व्यवस्थापन (ओएनएम) सर्वेक्षण प्रतिवेदन स्वीकृत गरेपछि समायोजनको कामले गति लिएको हो।
गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले आफू नेतृत्वको कार्यदलले प्रहरी समायोजनसम्बन्धी यसअघि बनेका ऐन कानुन अध्ययन गरेर सोही अनुसार प्रहरीको दरबन्दी सङ्ख्या र प्रहरी कर्मचारीहरूको विवरण यकिन गर्ने काम गरिरहेको बताएका छन्।
उनले समायोजनको लागि गर्नुपर्ने प्रक्रियागत कामको सूची पनि कार्यदलले तयार गरिरहेको बताए।
२०७७ जेठ २७ गतेको अद्यावधिक विवरण अनुसार नेपाल प्रहरीमा ६७ हजार ६२५ जना प्रहरी छन्। तर, दरबन्दी भने ७९ हजार ५४३ जनाको छ।
“म नेतृत्वको कार्यदलले ऐन कानुन अध्ययन गर्दै प्रहरीको दरबन्दी सङ्ख्या र प्रहरी कर्मचारीहरूको विवरण यकिन गर्दैछ र गर्नुपर्ने कामहरूको सूची तयार गरिरहेका छौं”, सहसचिव गौतमले देखापढीसँग भने, “अब, प्रहरी समायोजनको कामले गति लियो।”
संघीय प्रहरी र प्रदेश प्रहरीमा रहने जनशक्तिको यसअघि नै टुङ्गो लागेको छ।
५५ हजार १४३ जनालाई प्रदेशमा र २४ हजार ४०० जना प्रहरी कर्मचारीलाई संघ मातहतमा राखिने भएको छ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) भन्दा मुनिका प्रहरी कर्मचारीहरूलाई समायोजन प्रक्रियामा समावेश गरिनेछ।
“प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७६” र प्रहरी कर्मचारी समायोजन ऐन-२०७६ मा प्रदेश प्रहरीमा समायोजन भएर जाने प्रहरी कर्मचारीहरू डीएसपी र त्यो पद भन्दा तल्ला तहका मात्रै हुने उल्लेख छ।
गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखसमेत रहेका सहसचिव गौतमले समायोजनको प्रक्रियागत कामअन्तर्गत अन्तिममा चाहिँ समायोजन प्रक्रियामा समावेश हुन प्रहरी कर्मचारीहरूका लागि सूचना आह्वान गरिने बताए। सूचनाको आधारमा प्राप्त निवेदन अनुसार समायोजन गरिने उनको भनाइ छ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेको ओएनएम प्रतिवेदनमा संघ वा प्रदेशको शान्ति सुरक्षा तथा व्यवस्थाको लागि गर्नुपर्ने कार्य र औचित्य समेतको आधारमा नेपाल प्रहरी वा प्रदेश प्रहरी रहने श्रेणी र पद खुल्नेगरीको दरबन्दी विवरण उल्लेख छ।
समायोजनको आधार भने कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लेखित ठेगाना र उमेरको ज्येष्ठता निर्धारण गरिएको छ।
सोही आधारमा समायोजन गरिने सहसचिव गौतमले बताए। “ओएनएम प्रतिवेदनमै समायोजनको क्राइटेरियाशरू निर्दिष्ट छन्, सोही अनुसार प्रहरी समायोजन हुन्छ”, उनले भने।
यसरी समायोजनमा जाने प्रहरीमध्ये सर्वाधिक प्रदेश १ मा हुने भएको छ। उक्त प्रदेशमा १० हजार ७१७ जना समायोजनमा जाने भएका हुन्।
त्यस्तै, प्रदेश २ मा ९ हजार १५२ जना, वागमती प्रदेशमा ७ हजार ७२७ जना, गण्डकी प्रदेशमा ६७४५ जना, लुम्बिनी प्रदेशमा ९ हजार ४४३ जना, कर्णाली प्रदेशमा ५ हजार ४५८ जना र सुदूरपश्चिम प्रदेशमा ५ हजार ९०१ जना प्रहरी समायोजना जाने भएका छन्।
प्रहरी कर्मचारी समायोजन ऐन-२०७६ मा प्रहरी कर्मचारीलाई खाईपाई आएको तलबमा दुई ग्रेड वृद्धि गरी समायोजन गरिने भनिएको छ।
समायोजनमा जाँदा कायम हुने तलब साविकमा भन्दा कम भए ग्रेड थप गरी मिलान गरिने पनि ऐनमा उल्लेख छ।

प्रहरी प्रधान कार्यालय पनि समायोजनका लागि आन्तरिक काम कारवाहीमा व्यस्त छ। समायोजनका लागि गरिनुपर्ने केही प्रक्रियागत कामहरू अन्तिम चरणमा पुगेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
समायोजनका लागि निर्देशिका, हातहतियार, कल्याणकारी कोष सञ्चालन, पोशाक, सवारी साधन, दर्ज्यानी चिन्ह लगायतसम्बन्धी निर्देशिका तयार गर्ने काम भइरहेको हो।
प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले समायोजनको काम छिट्टै सकिने बताए।
“समायोजनको आन्तरिक केही कामहरू प्रहरी प्रधान कार्यालयबाट भइरहेको छ” एसएसपी कुँवरले भने, “तालुकदार निकाय गृह मन्त्रालयबाट प्रक्रियागत थुप्रै काम हुँदैछ, छिट्टै सकिन्छ।”
मुलुक संघीय संरचनामा गएपछि नेपाल प्रहरीको समायोजनको प्रक्रिया अगाडि बढेको हो। यसअघि निजामति कर्मचारीहरूको समायोजन भइसकेको छ।
" /> काठमाडौं । प्रहरी कर्मचारीलाई संघीय प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने कामले गति लिएको छ।मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको दरबन्दी थप समेत गरिएको संगठन व्यवस्थापन (ओएनएम) सर्वेक्षण प्रतिवेदन स्वीकृत गरेपछि समायोजनको कामले गति लिएको हो।

">