भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ एसओएस चोकमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">मृत्यु हुनेमा स्थानीय २९ वर्षीय राजु तामाङ रहेका छन्।</p>
<p style="text-align: justify;">दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि नर्भिक अस्पताल थापाथली ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ७३ प ३८२ नम्बरको स्कुटर गएराति सवा १० बजे आफैं अनियन्त्रित भई पल्टिएको प्रहरी पैत्त थिमीले जनाएको छ।</p>