काठमाडौं। कपिलवस्तुमा मोटरसाइकललाई ठक्कर दिई फरार भएका एक ट्याक्टर चालक झण्डै ५ वर्षपछि पक्राउ परेका छन्। प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीको कमाण्डको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका २८ वर्षीय मनिराम गडेरिया हिजो जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धानको लागि पाँच दिन हिरासतमा राख्न अनुमति लिइएको छ।
कपिलवस्तु नगरपालिका- ६ का गडरिया घटनालगत्तै फरार थिए।
२०७२ फागुन १५ गते मायाँदेवी गाउँपालिका-१ बर्रोहियास्थित तौलिहवा-भैरहवा सडक खण्डमा तौलिहवाबाट पकडीतर्फ जाँदै गरेको मोटरसाइकललाई गडेरियाले चलाएको ट्याक्टरले ठक्कर दिएको थियो।
गडेरियाले चलाएको अन टेस्ट लेखिएको ट्याक्टरले चालक अतिकुर रहमानले चलाएको लु. १ प ३५३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार अब्दुल रहमान मुसलमान र आशमा खातुन थिए। चालक रहमान भने घाइते भएका थिए।
" /> काठमाडौं। कपिलवस्तुमा मोटरसाइकललाई ठक्कर दिई फरार भएका एक ट्याक्टर चालक झण्डै ५ वर्षपछि पक्राउ परेका छन्। प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीको कमाण्डको टोलीले उनलाई पक्राउ गरेको हो।पक्राउ परेका २८ वर्षीय मनिराम गडेरिया हिजो जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धानको लागि पाँच दिन हिरासतमा राख्न अनुमति लिइएको छ।

">