सालकको खपटासहित मैतीदेवीबाट दुईजना पक्राउ
काठमाडाैं। प्रहरीले वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौं महानगरपालिका-२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नम्बरको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले सालकको खपटा ओसारपसार गरेको अभियोगमा सिन्धुपाल्चोकका ३२ वर्षीय राम मिजार र सोही जिल्लाका २७ वर्षीय नवराज मिजारलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले नवराज मिजारले बोकेको कालो झोलामा रहेको खपटासमेत बरामद गरेको छ।

पक्राउ परेका दुवैजनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्