काठमाडाैं। वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि हुँदै जान थालेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउने युवा देखा पर्न थालेका छन्।
वाल्मीकि विद्यापीठमा कर्मकाण्ड प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले बजारमा पाइने पुस्तक अशुद्ध भएको थाहा पाएपछि समूह बनाई शुद्ध पुस्तक प्रकाशन गर्न थालेका छन्।
प्रशिक्षार्थी सुदीपकुमार पौडेलको नेतृत्वमा पहिलोपटक ‘वैदिक श्राद्ध पद्धति’ नामक पुस्तक बजारमा ल्याइएको छ।
बजारमा पाइने पुस्तकमध्येमा शुद्ध र सहजरूपमा बुझ्न सकिने गरी दुई वर्ष लगाएर पुस्तक सम्पादन गरिएको उनले जानकारी दिए।
यसअघि बजारमा आएका श्राद्धलगायत कर्मकाण्डका पुस्तकमा विभिन्न ग्रन्थबाट ल्याइएका मन्त्रलाई सम्पादकले नै लेखे जसरी लेखक भन्ने गरिएकामा यसमा भने सङ्कलक उल्लेख गरिएको छ।
वेदका मन्त्रसमेत ‘मैले लेखेको हुँ’ भन्ने सन्देश दिने लेखकका बीच पुस्तकमा भने स्रोत सामग्री पनि उल्लेख गरिएको छ। पुस्तकमा कुन मन्त्रलाई कुन वेदबाट ल्याइएको हो भन्ने समेत खुलाइएको छ।
पुस्तकमा छ वटा श्राद्ध विधि दिइएको छ। यसअघि बजारमा आएका पुस्तकमा चारवटासम्म मात्र श्राद्धविधि दिइएको हुन्थ्यो।
पुस्तकमा एकोद्दिष्ट, पार्वण, एकापार्वण, तीर्थ, अभिधवा मातृनवमी र त्रिपिण्डी श्राद्ध विधिका साथै श्राद्धमा प्रयोग हुने विभिन्न वैदिक सूक्त पनि दिइएको छ।
तर्पण क्रम, श्राद्ध सामग्री, तर्पण गर्ने र श्राद्ध गर्ने स्थलको सचित्र वर्णन गरी प्रकाशित पहिलो पुस्तक भएकाले संस्कृतको अध्ययन नगरी पुरोहित काम गराउने र गर्ने दुवैका लागि उपयोगी पुस्तकका रूपमा आएको छ। २५६ पृष्ठको पुस्तकको मूल्य ३५५ रूपैयाँ तोकिएको छ। रासस
" /> काठमाडाैं। वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि हुँदै जान थालेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउने युवा देखा पर्न थालेका छन्।वाल्मीकि विद्यापीठमा कर्मकाण्ड प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले बजारमा पाइने पुस्तक अशुद्ध भएको थाहा पाएपछि समूह बनाई शुद्ध पुस्तक प्रकाशन गर्न थालेका छन्।

">