काठमाडौँ। सुनसरीको १७ वर्षीय सुजन नारायण चौधरीको हत्या आरोपमा तीनजना पक्राउ परेका छन्।
दुहबी नगरपालिका–२ वीरगाँउका सुजनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय सुमन झालगायतलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा सुजनको हत्या सुमनले गरेको र उनैले सोही नगरपालिकाको अरुण वनस्पति उद्योगको खाली जग्गामा रहेको सिलाम झार घारीमा फालेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अन्य दुईजनाले भने हत्यामा सहयोगी भूमिका निर्वाह गरेको देखिएको छ।
गत बुधबारबाट सुजन बेपत्ता भएका थिए।
उनको परिवारले बिहीबार इलाका प्रहरी कार्यालय दुहबीमा सुजनको हुलिया दिएको थियो। त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले सोही ठाउँका सुमनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा हत्या गरेको स्वीकारेको बताइएको छ।
प्रहरीले मृतक सुजनको एक थान ट्याब, एक थान सिमकार्ड र दुई थान मोबाइल प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका सुमनमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ। घटनाको कारण भने खुलिसकेको छैन।
" /> काठमाडौँ। सुनसरीको १७ वर्षीय सुजन नारायण चौधरीको हत्या आरोपमा तीनजना पक्राउ परेका छन्।दुहबी नगरपालिका–२ वीरगाँउका सुजनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय सुमन झालगायतलाई पक्राउ गरेको हो।

">