काठमाडौँ। देशको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन्।
सोमबार बिहान अछामको चौरपाटी गाउँपालिका–७ मार्कुमा ना.४ ख ९९७२ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार १७ वर्षीय निरज कुँवरको मृत्यु भएको छ।
उनी साँफेबगर नगरपालिका–३ का हुन्। दुर्घटनामा गम्भीर घाइते भएका निरजको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चालक ४३ वर्षीय यज्ञराज पाण्डेय लगायत २० जनाको उपचार भइरहेकोमा उनीहरूमध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन्।
सोमबार बिहान नै रौतहटको चन्द्रपुर नगरपालिका–८ मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ।
स्कुटरमा सवार जिल्लाकै चन्द्रपुर नगरपालिका–८ मोतिपुरकी ६५ वर्षीया देवकीदेवी आचार्यको मृत्यु भएको हो। ३ ख ५७२२ नम्बरको ट्रकले साइकल र देवकी सवार ना ५४ प ७३३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएकी देवकीको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
ठक्करबाट घाइते भएका साइकल चालक र स्कुटर चालकको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, मोरङको ग्रामथान गाउँपालिका–१ बुढी पुलमा को.१ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा अन्दाजी ४० वर्षीय चालकको मृत्यु भएको छ। उनको सनाखत भएको छैन।
" /> काठमाडौँ। देशको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन्।सोमबार बिहान अछामको चौरपाटी गाउँपालिका–७ मार्कुमा ना.४ ख ९९७२ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार १७ वर्षीय निरज कुँवरको मृत्यु भएको छ।

">