काठमाडौँ। कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखेर रकम रकमान्तर गरी भुक्तानी लिने एकजना पक्राउ परेका छन्।

धादिङको रूबिभ्याली गाउँपालिका–१ का ५४ वर्षीय खम्ब घले पक्राउ परेका हुन्।

घलेसहितले कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट संगठित रूपमा बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको प्रहरीले जनाएको छ।

बैंकलाई हानी नोक्सानी पु¥याउने कार्यमा संलग्न रहेको आरोप लागेका घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौंको स्वयम्भूबाट आइतबार पक्राउ गरेको हो।

२०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रूपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रूपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनितासमेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रूपैयाँ रकमान्तर गरी भुक्तानी लिएको देखिएको थियो।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जासमेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराधसमेतका कसूरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो।

घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

" /> काठमाडौँ। कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखेर रकम रकमान्तर गरी भुक्तानी लिने एकजना पक्राउ परेका छन्।

धादिङको रूबिभ्याली गाउँपालिका–१ का ५४ वर्षीय खम्ब घले पक्राउ परेका हुन्।

घलेसहितले कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट संगठित रूपमा बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको प्रहरीले जनाएको छ।

बैंकलाई हानी नोक्सानी पु¥याउने कार्यमा संलग्न रहेको आरोप लागेका घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौंको स्वयम्भूबाट आइतबार पक्राउ गरेको हो।

२०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रूपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रूपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनितासमेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रूपैयाँ रकमान्तर गरी भुक्तानी लिएको देखिएको थियो।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जासमेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराधसमेतका कसूरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो।

घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

"> बैंकमा ४ करोड ८८ लाख बढी रकम भुक्तानी लिनेमध्येका घले पक्राउ: Dekhapadhi
बैंकमा ४ करोड ८८ लाख बढी रकम भुक्तानी लिनेमध्येका घले पक्राउ
काठमाडौँ। कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखेर रकम रकमान्तर गरी भुक्तानी लिने एकजना पक्राउ परेका छन्।

धादिङको रूबिभ्याली गाउँपालिका–१ का ५४ वर्षीय खम्ब घले पक्राउ परेका हुन्।

घलेसहितले कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट संगठित रूपमा बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको प्रहरीले जनाएको छ।

बैंकलाई हानी नोक्सानी पु¥याउने कार्यमा संलग्न रहेको आरोप लागेका घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौंको स्वयम्भूबाट आइतबार पक्राउ गरेको हो।

२०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रूपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रूपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनितासमेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रूपैयाँ रकमान्तर गरी भुक्तानी लिएको देखिएको थियो।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जासमेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराधसमेतका कसूरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो।

घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्