काठमाडौँ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट दुई जना भारतीय नागरिक नक्कली नोट र नोट बनाउने चाहिने मेसिनसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने भारतको उत्तराखण्ड घर भएका ३० वर्षीय अर्जुन शर्मा र उनकी श्रीमती २६ वर्षीया रितिकाकुमारी बम रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट एक हजार दरको दुई थान नक्कली नोट,फोटोकपी मेसिन, १ थान ल्यापटप, नक्कली नोट फोटोकपी गरिएको ८४ थान पेपर, विभिन्न बैंकका चेकबुक, एटिएम कार्ड, कैंची, लाइटर, किबोर्ड, माउस र ६० थान फोटोकपी पेपर प्रहरीले बरामद गरेको छ।
आइतबार भीमदत्त नगरपालिका–४ स्थित बजारमा किनमेल गरिरहेको अवस्थामा उनीहरूको साथमा नक्कली नोट छ भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
" /> काठमाडौँ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट दुई जना भारतीय नागरिक नक्कली नोट र नोट बनाउने चाहिने मेसिनसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने भारतको उत्तराखण्ड घर भएका ३० वर्षीय अर्जुन शर्मा र उनकी श्रीमती २६ वर्षीया रितिकाकुमारी बम रहेका छन्।

">