काठमाडाैँको नयाँ बानेश्वरमा ठूलो मात्रामा लागुऔषधसहित एक युवक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

२९ वर्षीय रामबाबु चौधरी पक्राउ परेका हुन्। उनी सर्लाहीको ईश्वरपुर नगरपालिका–७ का हुन्।

प्रहरीले उनको साथबाट २,५२० ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट बरामद गरेको छ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी लागूऔषध मुद्दामा थप अनुसन्धान गरिरहेको छ।