काठमाडौं। कुटपिट गरी हत्या गरेको आरोपमा नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-१ करमाना बस्ने आमाछोरालाई प्रहरीले पक्राउ गरेको छ।
३७ वर्षीया शन्ता ढकाल र उनका २१ वर्षीय छोरा सञ्जय ढकाललाई प्रहरी चौकी कुडिया र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरूलाई सोही वडाको वनदेवी घर भएका २७ वर्षीय रवीन्द्र चौधरीको कुटपिट गरी हत्या गरेको आरोप छ।
शनिबार राति आफूहरूको घरको कम्पाउण्डमा छिरेको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा चौधरी गम्भीर घाइते भएका थिए।
उनको उपचारको क्रममा आइतबार दिउँसो सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता नवलपरासीमा मृत्यु भएको छ।
उनीहरूविरुद्ध प्रहरीले सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। कुटपिट गरी हत्या गरेको आरोपमा नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-१ करमाना बस्ने आमाछोरालाई प्रहरीले पक्राउ गरेको छ।३७ वर्षीया शन्ता ढकाल र उनका २१ वर्षीय छोरा सञ्जय ढकाललाई प्रहरी चौकी कुडिया र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

">