चितवन। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ।
छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो। टोलीले गैँडाको संरक्षणमा काम गर्ने संघ संस्था तथा संरक्षणकर्मीसँग अन्तर्क्रिया गर्नेछ।
चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा मात्रै विभिन्न कारणबाट १६ गैँडाको मृत्यु भइसकेको छ।
यसमध्ये चार गैँडा चोरी शिकारबाट मरेको निकुञ्जको तथ्याङ्क छ।
विश्वमै दुर्लभ मानिने एक सिङ्गे गैँडाको मृत्यु हुने क्रम बढेपछि संरक्षणकर्मी चिन्तित बनेका छन्। वन र वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जले काम गरिरहेका छन्।
सन् २०१५ मा भएको गैँडा गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा थिए। यो बीचमा १५६ गैँडाको विभिन्न कारणबाट मृत्यु भएको छ।
निकुञ्जले केही वर्ष शून्य चोरी शिकार वर्ष मनाए पनि अहिले भने गैँडा मर्ने क्रम रोक्न निकुञ्ज विशेष रणनीतिका साथ अगाडि बढ्ने भएको छ।
कालगतिबाट गैँडा मर्ने कुरा सामान्य भए पनि चोरी शिकारबाट गैँडा मर्नुमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेको आशङ्का गरिएको छ।
निकुञ्जसँग जोडिएका विपन्न समुदायका लागि निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले आयमूलक सीपका लागि तालिम दिने काम गरिरहेको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज गैँडाको मृत्युबारे गम्भीर भएर यसको समस्या पत्ता लगाई समधानमा लाग्ने बताए।
कोरोनाका कारण भएको बन्दाबन्दीले निकुञ्जमा चोरी शिकार बढेको आशंका गरिएको भए पनि यसले कुनै प्रभाव नपारेको निकुञ्ज प्रमुख बरालको भनाइ छ।
निकुञ्जले गैँडाको चोरी शिकार नियन्त्रणका लागि यस आसपासका वस्तीमा विषेश निगरानी समेत बढाएको छ। रासस
" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ।छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो। टोलीले गैँडाको संरक्षणमा काम गर्ने संघ संस्था तथा संरक्षणकर्मीसँग अन्तर्क्रिया गर्नेछ।

">