काठमाडौं । अमृताकुमारी साह (१७) को गत वर्ष विवाह भयो। बेहुला चाहिँ सर्लाहीको विष्णु गाउँपालिका-१ का रूपेश साह। उनीहरूबीचको विवाह मागी हो।
जसोतसो उनीहरूको दाम्पत्य जीवन चल्दै थियो। त्यत्तिकैमा रूपेशमाथि छुरा प्रहारको घटना भयो। ज्यान मार्ने उदेश्यले श्रीमान् रूपेशमाथि छुरा प्रहारपछि अमृता माइतीघर आइन्। उनको माइतीघर रौतहटको माधवनारायण नगरपालिका-७ लौकाहा टोलमा छ।
डर लागेर माइतीघर आएकी बुबा रामअध्योया र आमा सीतालाई उनले सुनाइन्।
फेरि, छोरीचेलीको ओताउने ठाउँ भनेकै माइती हो। जहाँको कुकुर पनि छोरीचेलीलाई प्रिय लाग्छ भनिन्छ। र, बुबा आमाको साथमा अमृता बस्न थालिन्।
सोही बीचमा अमृता र रूपेशबीचको सम्बन्धमा दरार पैदा भयो। परिणामतः गत असारमा सम्बन्ध विच्छेद भयो।
यसपछि भने आफूमाथि भएको छुरा प्रहारको घटनामा संलग्न पूर्वश्रीमती अमृता र अमृताको प्रेमी सोसिन्द्रप्रसाद भगत भएको भन्दै जिल्ला अदालत सर्लाहीमा रूपेशले किटानी जाहेरी दिए।
सोसिन्द्रसँग अमृताको तीन वर्ष अगाडिदेखि प्रेम सम्बन्ध थियो। जुन प्रेस सम्बन्ध अमृताकै बुबा आमालाई पनि निको लागेको थिएन।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहका अनुसार छोरी र उनका प्रेमीमाथि किटानी जाहेरी परेपछि बुबा रामअयोध्या र आमा सीतालाई इज्वत जाने डर भयो। त्यसपछि उनीहरूले आफ्नै छोरी हत्या गर्ने निश्चत गरे।
“छोरीलाई प्रेमी सोसिन्द्रले लान सक्ने र प्रहरीले पनि पक्राउ गर्न सक्ने उनका बुबा आमाको ठम्याइ भएको र यदी त्यसो भए इज्वत जाने डर उनीहरूमा पैदा भएको देखियो”, एसपी शाहले भने, “त्यही डरका कारण उनीहरूले छोरीलाई हत्या गर्ने निश्चित गरेको देखियो।”
छोरीलाई मार्ने निश्चित गरेपछि उनीहरूले हत्या योजनाको तानाबाना बुने। र, अपराधिक योजना बनाउन सहारा अमृताकी भेना (ज्वाइँ) लक्ष्मण साहलाई लिए।
लक्ष्मणको घर जिल्लाकै देवाही गोनाही नगरपालिका वडा नम्बर-२ को करुनिया लक्ष्मीनियामा छ।
लक्ष्मणले जिल्लाकै परोहा नगरपालिका वडा नम्बर-४ का छोटेलाल साहलाई अमृताको हत्या गर्नुपर्छ भन्दै सासु र ससुरालाई सल्लाह दिए।
त्यसपछि छोटेलालबाटै अमृताको हत्या गर्ने उनीहरूको तयारी भयो।
उपचारका लागि भनेर भारत लाने र उतै हत्या गराउने योजना बन्यो। कात्तिकको ९ गते रामनवमीको दिन लगे पनि। तर, अमृताले आफ्नो हत्या हुन लागेको सुइँको पाइन् र, भागेर बाँच्ने सफल भइन्।
हत्या गरे वापत छोटेलाललाई एक लाख ५० हजार दिने उनीहरूको तयारी थियो।
पहिलोपटक हत्या योजना असफल भएपछि कात्तिकको २६ गते राति हत्याको योजना बुने। अन्ततः सोही रात हत्या गराएरै छाडे।
जतिबेला आमा सीतासँगै अमृता सुतेकी थिइन्। छोरीको हत्या गर्न कैमुल आएपछि सीता भने पूर्व योजनाअनुसार नै शौचालय गएको देखिएको रौतहटका एसपी शाहले बताए।
हत्या गर्ने चाहिँ कैमुल देवान हुन्। उनले खाटमा सुतिरहेकी अमृताको दायाँपट्टीको कञ्चटमा गोली प्रहार गरेको खुलेको छ। कैलुमको घर देवाही गोनाही नगरपालिका वडा नम्बर- २ को लक्ष्मिनिया कुरुनियामा छ।
छोरीको हत्या घटनापछि भने नाटकीय ढंगले रूँदै चिच्याउँदै अमृताकी आमा र बुबाले छरछिमेकीको हार गुहार गरेका थिए।
तर, उनीहरूको यो नाटक धेरै दिन टिकेन। प्रहरीले हत्याको मुख्य योजनाकार बुबाआमादेखि हत्याको मतियार बन्ने उनीहरूको ज्वाँइसँगै हत्यामा संलग्नहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
प्रहरीले बुबा रामअध्योध्यासँगै आमा सीता र देवाही गोनाही नगरपालिका-लक्ष्मीनियाँ करुनियाका शेख अलियास, इलाम अन्सारी, शेख इम्ताज र परोहा नगरपालिका- कैमुल देवानलाई पक्राउ गरेको छ।
शेख अलियास, इलाम अन्सारी र शेख इम्ताजले कैमुललाई हत्या गर्न साथ दिएको प्रहरीले जनाएको छ।
रौतहट प्रहरीले आइतबार नै जिलला अदालत रौतहटमा उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थपको अनुमति लिएर अनुसन्धान थालेको छ।
र, आरोपीहरूले अपराध स्वीकार गरेको एसएसपी शाहले बताए।
" /> काठमाडौं । अमृताकुमारी साह (१७) को गत वर्ष विवाह भयो। बेहुला चाहिँ सर्लाहीको विष्णु गाउँपालिका-१ का रूपेश साह। उनीहरूबीचको विवाह मागी हो।जसोतसो उनीहरूको दाम्पत्य जीवन चल्दै थियो। त्यत्तिकैमा रूपेशमाथि छुरा प्रहारको घटना भयो। ज्यान मार्ने उदेश्यले श्रीमान् रूपेशमाथि छुरा प्रहारपछि अमृता माइतीघर आइन्। उनको माइतीघर रौतहटको माधवनारायण नगरपालिका-७ लौकाहा टोलमा छ।

">