रसुवा। सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने पूर्वाधार विकास बजेटबाट निर्माण गरिने योजना छनोट गर्ने कार्य सम्पन्न भएको छ।
प्रतिनिधिसभा सदस्य मोहन आचार्यका तर्फबाट चार करोड रूपैयाँ तथा प्रदेशसभा सदस्यद्वय प्रभात लामा र प्रेम तामाङबाट तीन/तीन करोड गरी १० करोड रूपैयाँ खर्च गर्ने कार्ययोजना तयार भएको हो।
प्रतिनिधिसभा सदस्य आचार्यको संयोजकत्वमा बसेको आन्तरिक बैठकले जनताको आकांक्षा, सुझाव एवं आवश्यकतालाई आत्मसात् गरी ७७ विकास योजना छनोट भएका आचार्यका स्वकीय सचिव सुनिल पौडेलले जानकारी दिए।
तय गरिएका कार्यक्रममा सौर्य ऊर्जाको बिजुली बत्ती, सिँचाइ, शुद्ध खानेपानी, पर्यटकीय पदमार्ग, मठमन्दिर, प्रतीक्षालय निर्माण जस्ता विविध योजना रहेका बताइएको छ।
रसुवाका पाँच गाउँपालिकाअन्तर्गत गठित २७ वटै वडामा प्रदान गरिएका विकास कार्यक्रम गाउँपालिकामार्फत् सञ्चालनको तयारी भएको स्वकीय सचिव पौडेलले जानकारी दिए। रासस
" /> रसुवा। सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने पूर्वाधार विकास बजेटबाट निर्माण गरिने योजना छनोट गर्ने कार्य सम्पन्न भएको छ।प्रतिनिधिसभा सदस्य मोहन आचार्यका तर्फबाट चार करोड रूपैयाँ तथा प्रदेशसभा सदस्यद्वय प्रभात लामा र प्रेम तामाङबाट तीन/तीन करोड गरी १० करोड रूपैयाँ खर्च गर्ने कार्ययोजना तयार भएको हो।

">