काठमाडौं। सप्तरीको खडक नगरपालिका-३ बनझुर्लामा हिजो बेलुकी सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष छन्।
मृतकको सनाखत हुन बाँकी रहेको छ। हिजो बेलुकी सवा ७ बजे पैदल हिँड्दै गर्दा उनलाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा बेलुकी नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरोवनाले जनाएको छ।
दुर्घटनापश्चात् फरार रहेका सवारीसाधनसहित चालकको खोजी भइरहेको छ।
" /> काठमाडौं। सप्तरीको खडक नगरपालिका-३ बनझुर्लामा हिजो बेलुकी सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष छन्।मृतकको सनाखत हुन बाँकी रहेको छ। हिजो बेलुकी सवा ७ बजे पैदल हिँड्दै गर्दा उनलाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो।

">