मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। नुवाकोटको तार्केश्वर गाउँपालिका-५ छागेखोलामा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">मृत्यु हुनेमा तार्केश्वर गाउँपालिका-६ डाँडाखर्कका ५५ वर्षीय रामबहादुर तामाङ छन्।</p>
<p style="text-align: justify;">दानसिङबाट डाडाखर्कतर्फ जाँदै गरेको बा. २७ प ८६५८ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको हो। </p>
<p style="text-align: justify;">तामाङको घटास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।</p>