कञ्चनपुर। पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका-१ चम्फापुर नजिक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करिब ३६ वर्षीय रामबहादुर विष्टको आज घटनास्थलमै मृत्यु भएको छ।
महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से १ क १४०६ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १२ प ५१५ नंको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दार विष्टको मृत्यु भएको हो। प्रहरी हबल्दार विष्ट भीमदत्त नगरपालिकाको झोलुङ्गे अस्थायी प्रहरी चौकीमा कार्यरत रहेको बताइएको छ।
ठक्कर दिने ट्रकका चालक गोदावरी नगरपालिका-१ का २८ वर्षीय यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। मृतक विष्ट शुक्लाफाँटा नगरपालिका-११ का बासिन्दा रहेको बताइएको छ। रासस
" /> कञ्चनपुर। पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका-१ चम्फापुर नजिक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करिब ३६ वर्षीय रामबहादुर विष्टको आज घटनास्थलमै मृत्यु भएको छ।महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से १ क १४०६ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १२ प ५१५ नंको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दार विष्टको मृत्यु भएको हो। प्रहरी हबल्दार विष्ट भीमदत्त नगरपालिकाको झोलुङ्गे अस्थायी प्रहरी चौकीमा कार्यरत रहेको बताइएको छ।

">