काठमाडौं। किरात वंशभित्रका आठ जातीय संगठनले आगामी वर्ष हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात धर्म’ लेखाउन सम्बन्धित जातीय समुदायलाई अपिल गरेका छन्।
धर्मनिरपेक्ष राज्य, समावेशी, धार्मिक स्वतन्त्रताको हकलाई अर्थपूर्ण र बलियो उपस्थिति सिद्ध गर्न धर्मको महलमा ‘किरात धर्म’ लेखाउनुपर्ने ती संगठनहरूले जनाएका छन्।
किरात वंशभित्रका राई, लिम्बू, याक्खा, सनुवार, जिरेल, सुरेल, हायु र थामी जातिको जातीय संगठनहरूले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त अपिल गरेका हुन्।
धर्मको महलमा किरात लेखाएर किरात धर्मावलम्वीहरूको सङ्ख्या वृद्धि गराउन आवश्यक रहेको पनि ती संगठनहरूले मत छ।
तर पनि, आ–आफ्ना मौलिक एवम् पृथक संस्कार संस्कृतिहरू भने उत्तिकै महत्त्वका साथ आ–आफ्नो अस्तित्व र अभ्यासमा रहने र विलय नहुने ती संगठनहरूको दाबी छ।
यस्तै, जनगणनाको व्यक्तिगत खण्डको विवरणमा जाति, पुर्खाको भाषा र मातृभाषामा आ–आफ्नो जाति र भाषा लेखाउनुपर्ने र दोस्रो भाषामा भने नजिकको आदिवासी जनजातिको भाषा लेखाउनुपर्ने भनिएको छ।
सरकारले आगामी वर्षको जेठ २५ गतेदेखि असार ८ गतेसम्म ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ देशव्यापी जनगणना गर्ने तयारी गरेको छ।
" /> काठमाडौं। किरात वंशभित्रका आठ जातीय संगठनले आगामी वर्ष हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात धर्म’ लेखाउन सम्बन्धित जातीय समुदायलाई अपिल गरेका छन्।धर्मनिरपेक्ष राज्य, समावेशी, धार्मिक स्वतन्त्रताको हकलाई अर्थपूर्ण र बलियो उपस्थिति सिद्ध गर्न धर्मको महलमा ‘किरात धर्म’ लेखाउनुपर्ने ती संगठनहरूले जनाएका छन्।

">