काठमाडौं। मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा बसको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४० वर्षीय विजेश लिम्बू रहेका छन्। उनी सोही नगरपालिका वडा नम्बर ७ का हुन्।
को २१ प ५९९१ नम्बरको मोटरसाइकललाई प्र १-०१-००१ ख ३४१० नम्बरको बसले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक लिम्बूको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बिजेसको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको छ।
यस्तै, म्याग्दीको मंगला गाउँपालिका-२ मा जीप दुर्घटना हुँदा ११ वर्षीया करिष्मा क्षेत्रीको मृत्यु भएको छ।
प्र २-०३-००१ च २५२ नम्बरको गाडी सडकबाट करिब ५० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका गाडी चालकलगायत पाँच जनाको जिल्ला अस्पताल बेनीबजारमा उपचार भइरहेको छ।