काठमाडौं। बलात्कारको घटना मिलापत्र गराएको आरोपमा पक्राउ परेका बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शेरसिंह साउदविरूद्ध ‘जबर्जस्ती करणी मुद्दामा कसूरको प्रमाण दबाउन नहुने’ अन्तर्गत मुद्दा दर्ता भएको छ।
अध्यक्ष साउद शनिबार बेलुकी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले मुद्दा दर्तापछि प्रहरीले अनुसन्धान थालेको बताए।
“उहाँलाई हिजो बेलुकी पक्राउ गरिएको हो, ‘जबर्जस्ती करणी मुद्दामा कसूरको प्रमाण दबाउन नहुने’ अन्तर्गत अनुसन्धान भइरहेको छ,” डीएसपी अधिकारीले देखापढीलाई बताए।
जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया किशोरीमाथि भएको भनिएको बलात्कार घटना मिलापत्र गर्न भूमिका खेलेको भन्दै सोही वडाका अध्यक्ष साउद पक्राउ परेका हुन्।
ती किशोरी गत जेठमा बलात्कृत भएको भनिएको छ। उक्त घटनालाई गत असारको १४ गते कात्तिक मसान्तसम्ममा एक तोला सुन पीडक पक्षले दिने उल्लेख गरी तमसुक बनाएर घटना सामसुम पारेको देखिएको छ।
तर, पीडक पक्षले तमसुकमा उल्लेख भएअनुसार कात्तिक मसान्तसम्ममा सुन पीडित पक्षलाई नदिएपछि घटना सार्वजनिक भएको हो।
अध्यक्ष साउदसँगै सोही बलात्कारको घटना मिलापत्र गराएर सामसुम पार्न संलग्न भएको आरोपमा राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामी पनि पक्राउ परेका छन्। त्यसअघि गत बिहीबार मनोजसिंह धामी र अमर धामी पक्राउ परेका थिए।
प्रहरीका अनुसार पक्राउ परेका मनोज र अमरले पीडकले नदिए आफूहरू एक तोला सुन दिने भन्दै तमसुक बनाउन लगाएको खुल्न आएको छ।
पक्राउ परेकाहरू बलात्कारजस्तो जघन्य अपराधको घटनामा संलग्न नभए पनि अपराध लुकाएर कर्तव्यविमुख भएको र मिलापत्र गरेर अपराधमा संलग्नलाई थप प्रोत्साहन गर्ने कार्यमा मतियार बनेको देखिएको छ।
मुलुकी अपराध संहिता-२०७४ अनुसार यस्तो कार्यमा संलग्नताको कसूर प्रमाणित भए उनीहरूलाई कैद र जरिवाना हुन सक्ने छ। त्यो पनि बलात्कारमा संलग्नलाई जति नै।
अपराध संहिताको दफा ३६ मा, “कुनै कसूर गर्ने नियतले त्यस्तो कसूर वा अन्य कसूर गर्न सहयोग पुर्याउने वा कसूर गरिसकेपछि कसूरदारलाई भगाउने, लुकाउने वा कसूर गर्न वा गराउन साधन उपलब्ध गराउने वा अन्य कुन किसिमले सहयोग पुर्याउने व्यक्ति मतियार मानिने छ” भनिएको छ।
उक्त बलात्कारको घटनाको मुख्य आरोपी भने सिगास गाउँपालिका वडा नम्बर ३ कै दीपकसिंह धामी हुन्। उनी हाल फरार छन्। प्रहरीले उनलको खोजी गरिरहेको जनाएको छ।
" /> काठमाडौं। बलात्कारको घटना मिलापत्र गराएको आरोपमा पक्राउ परेका बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शेरसिंह साउदविरूद्ध ‘जबर्जस्ती करणी मुद्दामा कसूरको प्रमाण दबाउन नहुने’ अन्तर्गत मुद्दा दर्ता भएको छ।अध्यक्ष साउद शनिबार बेलुकी पक्राउ परेका हुन्।

">